बैशाख २४, २०८१, सोमबार
               

तास खेलिरहेका ६ पक्राउ

नेपाल फ्ल्यास
माघ २५, २०७७

ADVERTISEMENT

स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका-४ नौडाँडास्थित दीपा रेष्टुरेण्टमा तास खेलिरहेको  अवस्थामा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५१ वर्षीय चन्द्र बहादुर गुरुङसहित अन्य छन् । प्रहरीका अनुसार उनीहरु शनिबार दिउँसो पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट प्रहरीले नगद ३५ हजार ९ सय ६० रुपैयाँ, १७ हजार एक सय ३० भारतीय रुपैयाँ र चर बुक तास बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि