बैशाख २३, २०८१, आइतबार
               

नेकपाकाे विवादकाे चुरो पत्ता लगाउन आयोगले थाल्यो अध्ययन

नेपाल फ्ल्यास
माघ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को विवादमा गहिरो अध्ययन सुरु गरेको छ ।

नेकपाको आन्दोलनरत पक्षले आफ्नो आधिकारिकताको दाबीसहित पत्र पेश गरेपछि विवाद कसरी निरुपण गर्ने भन्नेमा अध्ययन सुरु भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । ‘नेकपाको विवाद समाधान कसरी गर्ने भन्नेमा अध्ययन सुरु भएको छ । नेकपाको एक पक्षले आधिकारिकताका लागि पत्र बुझाएपछि विवाद समाधानका लागि प्रक्रिया अघि बढाउन सहज भएको छ ।’ उनले भने ।

नेकपाको आन्दोलनरत पक्षले यही माघ २० गते आफ्नो आधिकारिकताका लागि १९ पृष्ठ लामो पत्र आयोगलाई बुझाएको थियो । पत्रमा विधानअनुसार आफ्नो बहुमत भएकाले त्यसका आधारमा निर्णय गर्न आयोगलाई आग्रह गरिएको थियो। त्यसअघि आयोगले नेकपाका दुवै पक्षले आधिकारिकताका लागि दाबी गर्न नआएकोले नेकपा कानुनी रुपमा नफुटेको दाबी गरेको थियो ।

यो बीचमा प्रधामन्त्री केपी शर्मा ओलीले आयोगमा पदाधिकारीको रुपमा डा. जानकी तुलाधार र सदस्यका रुपमा रामप्रसाद भण्डारीलाई नियुक्ति गरेका छन् ।

उक्त नियुक्ति असंवैधानिक भएको भन्दै आन्दोलनरत पक्ष झनै आक्रोशित छ । निर्वाचन आयोगलाई नेकपाको विवाद समाधान नगरी निर्वाचन प्रक्रिया अघि नबढाउन चौतर्फी दबाब छ ।

आयोगका आयुक्तहरुले समेत यो यथार्थ स्वीकार गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि