जेठ ०६, २०८१, आइतबार
               

बामदेवमाथि रामकुमारीको आक्रोश : ‘कुरौटे भएर पार्टी फुटाए’

नेपाल फ्ल्यास
माघ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहकी नेतृ तथा विघटित प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले नेकपा फटको कुख्य कारण बामदेव गौतम भएको आरोप लगाएकी छन् ।

तनहुँमा प्रचण्ड-माधव समूहको कार्यक्रममा बोल्दै नेतृ झाँक्रीले गौतमकै कारण नेकपामा अहिलेको अवस्था आएको ठोकुवा गरिन् ।

गौतमले सचिवालयमा जता समर्थन गर्यो, उसैको बहुमत हुने अवस्था भएकाले गौतमले गर्दा पार्टी फुटेको उनको आरोप छ ।

प्रचण्ड-माधवले आफ्नो पक्षमा बहुमत पुर्याउनका लागि गौतमलाई बढी महत्व दिएकाले पार्टीमा अहिलेको समस्या आएको झाँक्रीको भनाइ छ ।

नेता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड-माधव दुवैतर्फ एउटै कुरा गरेकाले पार्टी फुटेको उनले बताइन् ।

चुनाव हारेको मान्छे प्रधानमन्त्री चाहियो भन्दै हठसहितको बार्गेनिङ गर्दै प्रचण्ड-माधवको कुरा ओलीलाई लगाएर गौतमले पार्टी फुटाएको झाँक्रीको आरोप छ ।

दुवैतर्फ कुरा लगाउँदै हिँड्ने गौतम कुरौटे नेता भएको उनले बताइन् ।

यो पनि