जेठ ०५, २०८१, शनिबार
               

प्रचण्ड भन्छन् : दुवै समूह उस्तै-उस्तै हुन भनेमा आफूहरुमाथि अन्याय हुन्छ

नेपाल फ्ल्यास
माघ २४, २०७७

ADVERTISEMENT

काठमाडौै । प्रचण्ड नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाका दुवै समूह उस्तैउस्तै हुन भनेमा आफूहरुमाथि अन्याय हुने बताएका छन् । 

शनिबार मिडिया एलाइन्ससँगको छलफलका क्रममा उनले सो कुरा बताएका हुन् । 

‘आफूहरु अहिले प्रधानमन्त्री बन्न नभई संविधान बचाउनका लागि लडेका हौँ । प्रधानमन्त्री ओलीले पदका लागि संविधानलाई कुल्चने काम गरे,’ अध्यक्ष प्रचण्डले भने, ‘म तपाईं मिडिया क्षेत्रमा काम गर्नै सबै वरिष्ठ व्यक्तिहरुसँग के अनुरोध गर्दछु भने सबै उस्तै उस्तै हुन भनिदिनुभयो भने तपाईंहरुले हामी त ठूलो अन्यायमा पर्छौँ । हामीले अहिले लडेको लडाईं हाम्रो हो र?, प्रधानमन्त्री हुनका लागि लडिएको हो र? तपाईहरुलाई त्यस्तो लागेको छ भने त्यो सत्य होइन।’

संविधानको रक्षाका लागि लोकतान्त्रिक प्रणाली कसरी बचाउने भनी आफूमा चिन्ता भएको बताए । प्रधानमन्त्री ओली पार्टीमा मात्रै अल्पमतमा परेको नभई संसद्मा प्रधानमन्त्रीविरुद्ध दुई तिहाइ मत रहेको दाहालको भनाइ छ । 

उनले ओली संघीयता त र गाणतन्त्रको विरोधी भएको थाहा हुँदाहुँदै पनि विश्वास गर्नु आफूहरुको कमजोरी भएको बताए। उनले लोकतन्त्र बहुमतको शासन भएको र त्यो आफूहरुसँग भएको बताए ।


कस्तो लाग्यो ?

यो पनि