जेठ ०६, २०८१, आइतबार
               

प्रधानमन्त्रीको कदम जनताले मात्रै सच्याउन सक्छन्: यादव

नेपाल फ्ल्यास
माघ २४, २०७७

ADVERTISEMENT

धनकुटा । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम जनताले मात्र सच्याउन सक्ने बताएका छन् । 

शनिबार धनकुटामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले सो बताएका हुन् । ‘अदालतले असंवैधानिक कदमलाई खारेज गरेर संसद् पुनस्र्थापना गर्नेमा  म विश्वस्त छु,’ उनले भने, ‘ २०४७ सालको संविधानमा भएको संसद विघटनको अधिकार वर्तमान संविधानमा छैन । शेरबहादुरजीले गरेको विघटनलाई पनि अदालतले सदर गरेको थियो, तर जनताले २०६२/०६३ को आन्दोलनपछि संसद पुनर्स्थापना गरे । त्यसकारण भन्छु जनताको अदालतभन्दा ठूलो अदालत अर्को छैन । यद्यपि सर्वोच्च अदालतप्रति मेरो विश्वास र सम्मान छ ।’

जीवन्त पार्टीमा विवाद, मतभेद हुने बताउँदै उनले फरक विचार नभएको पार्टी नै नहुने बताए । बहाना बनाएर ओलीले प्रतिनिधिसभा भंग गरेको उनको भनाइ छ ।


कस्तो लाग्यो ?

यो पनि