बैशाख १५, २०८१, शनिबार
               

देशको स्वतन्त्र अस्तित्व, प्रजातन्त्रको रक्षार्थ राष्ट्रवादी आन्दोलन आवश्यक छ : थापा

नेपाल फ्ल्यास
माघ २४, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशको स्वतन्त्र अस्तित्व, प्रजातन्त्रको रक्षाका लागि राष्ट्रवादी आन्दोलनको आवश्यकता रहेको बताएका छन् । 

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको उपत्यकास्तरीय भेलालाई सम्बोधनका क्रममा उनले देश बचाउने, देश बनाउने राष्ट्रवादी आन्दोलन जरुरी रहेको बताएका हुन् ।  

विदेशीको दबाब र प्रभाव तथा विदेशी पैसाले आन्दोलन र चुनाव गर्नेले देशको नेतृत्व गर्न नसक्ने बताउँदै उनले ढिलो–चाँडो राष्ट्रवादी पार्टी राप्रपाले नेतृत्व गर्ने बताए । 

‘अशान्ति, अराजकताको वातावरण गुज्रिराखेको छ । ५२ सालमा माओवादीले आफ्नो निहित स्वार्थ परिपूर्ति गर्नको लागि हिंसात्मक गतिविधि गर्यो । त्यो गतिविधिले शैक्षिक क्षेत्र अस्तव्यस्त भयो, राम्रोसँग पढाइ हुन सकेन,’ थापाले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘संविधान बनेपछि देशमा शान्ति, स्थायित्व आउँछ भन्ने विश्वास लिएका जनता निराश हुन बाध्य भएका छन् । गरिबी, भ्रष्टाचार बढेर गएको छ, कुशासन, सर्वसत्तावाद, धर्मपरिवर्तन र लुटतन्त्र कायम भएको छ ।’


कस्तो लाग्यो ?

यो पनि