जेठ ०६, २०८१, आइतबार
               

तोकिएको समयमा निर्वाचन हुन्छ :  अर्थमन्त्री पौडेल

नेपाल फ्ल्यास
माघ २४, २०७७

ADVERTISEMENT

काठमाडौं । अर्थमन्त्री तथा  (केपी शर्मा) नेकपा महासचिव विष्णुप्रसाद पौडेलले मुलुक निर्वाचनतर्फ अगाडि बढेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पेशागत महासङ्घ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पौडेलले सो कुरा बताएका हुन् । 

निर्वाचनका लागि सरकारले आवश्यक सम्पूर्ण तयारी गरिरहेको बताउँदै उनले भने,  ‘निर्वाचनका लागि निर्वाचन आयोग, सुरक्षा निकाय र अन्य सबै निकायले तयारी गरिरहेका छन् । तोकिएको समयमा निर्वाचन हुन्छ। तपाईंहरू ढुक्क हुनुहोस्।’

केपी शर्मा ओलीले मुलुकलाई स्थायित्वतर्फ लैजानका लागि संसद् विघटन गरेको बताउँदै उनले नेपाली जनताले पनि निर्वाचनमा जाने कदमको पक्षमा रहेको बताए। सो क्रममा उनले मन्त्री पौडेलले ताजा जनादेशका लागि जनतामाझ जाने कुरा निरङ्कुश हुन नसक्ने बताए । 

‘केहीले निर्वाचनमा जाने कुरालाई निरंकुश भनेर भ्रम फैलाइरहेका छन्’, उनले भने, ‘निर्वाचनमा जाने कुरा निरंकुश हुन्छ ? भने लोकतन्त्र भनेको के हो भनेर ती साथीलाई म प्रश्न सोध्न चाहन्छु।’ 

उनले दुई तिहाइको आफ्नै सरकारलाई टिकाएर सामाजिक न्याय, समानता र समाजवादको आधार निर्माण गर्ने अवसर पार्टीभित्रका केही नेताका कारण गुमेको स्पष्ट पारे। 

‘कम्युनिष्ट पार्टीप्रति जनताको भर र विश्वास गुमाएर पार्टीलाई चकनाचुर र विभाजन गर्न खोजियो’, उनले भने, ‘कम्युनिष्ट आन्दोलन गर्न सक्दछन्। सरकार सञ्चालन गर्न सक्दैनन् भन्ने केही साथीहरूले देखाउनुभयो।’ 

अर्थमन्त्री पौडेलले कोभिड–१९ का कारणले डुबेको अर्थतन्त्र उकास्ने प्रयास भइरहेको समेत बताए।

यो पनि