जेठ ०८, २०८१, मंगलबार
               

फागुन ३ मा सरकारले गरेका काम अंकमा सार्वजनिक हुन्छन् : रिजाल

नेपाल फ्ल्यास
माघ २४, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीले फागुन ३ मा पत्रकारहरुसँग साक्षात्कार गर्ने तयारी भइरहेको बताएका छन् ।

शनिबार नुवाकोट काठमाडौं सम्पर्कमञ्चको एक भेलालाई सम्बोधन गर्दै उनले तीन वर्षमा सरकारले गरेका काम अंकमा बोल्ने बताएका हुन् । ‘हिजो के थियो, आज के थियो हामी हिसाब किताब गर्छौं,’उनले भने । 

सोही क्रममा उनले काठमाडौंमा भएको आमसभामा सवा दुई लाख मानिस उपस्थित भएको बताउँदै केपी शर्मा ओलीको जस्तो क्रेज अरु कसैमा पनि नभएको बताए। 
दायाँबायाँ केपी ओली ‘आई लभ यू’ भन्ने ठूलो मास देखेपछि प्रधानमन्त्री भावुक बनेको र आशु पुछेको उनले सुनाए । ‘कुम जोडेर बस्ने कमरेडले दायाँ फर्किँदा बायाँले हान्ने, बाँया फर्किँदा दायाँले हान्ने गरेर प्राताडन पारिरहेको एउटा अध्यक्षले त्यो मास, जसले प्रत्येक बोलीमा आइ लभ यू भन्दै थियो । त्यसबाट उहाँ भावुक हुनुभयो,’ उनले भने, ‘उहाँ अडिनुभयो, आँशु पुच्छ्नुभयो, र तपाईसँग म छु भन्नुभयो ।’

संसद्मा विकल्प भएको र अविश्वासको प्रस्ताव दर्ता नभएका कारण तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले गरेको संसद विघटनलाई असंवैाधनिक भनेको भन्दै उनले अहिले विकल्प नै नभएको बताए । उनले अघि भने, ‘सम्मानित न्यायाधीशहरुले अहिले गरेको विघटनमा फरक फैसला दिनुहुन्छ होला जस्तो मलाई लाग्दैन ।’

अब चुनावको तयारीमा लाग्नुपर्ने उनले बताए । यसो भनिरहँदा पार्टीको बैधानिकता कसले पाउला भन्ने प्रश्न आउने भन्दै उनले भने, ‘हामीले नपाए कसले पाउला ?’

यो पनि