बैशाख १४, २०८१, शुक्रबार
               

उदयपुरमा ५० जना राप्रपा प्रवेश

नेपाल फ्ल्यास
माघ २४, २०७७

ADVERTISEMENT

उदयपुर । उदयपुरमा भएको एक कार्यक्रममा ५० जना राप्रपा पार्टी प्रवेश गरेका छन् । 

उदयपुरको बेलाका नगरपालिका–१ स्थित आम्बासिमा शनिबार आयोजित सो कार्यक्रममा उल्लेखित संख्यामा राप्रपा प्रवेश गरेका हुन् ।

कार्यक्रममा राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री हरि बहादुर बस्नेत, कार्य संवाद समितिका धु्रव रायमाझी, गिरिधर परियार, दत्त नारायण केसी र राप्रपाका जिल्ला अध्यक्ष काजी बस्नेत र राप्रपा कार्यकर्ताको उपस्थिति थियो । 

कार्यक्रममा पूर्वमन्त्री बस्नेतले वैशाख २५ गते पार्टीको महाधिवेशन हुने पनि जानकारी दिए । उहाँले देशको ठूलो पार्टी नेकपाभित्रको आन्तरिक किचलोले देशले निकास नपाएकोसमेत बताए ।


कस्तो लाग्यो ?

यो पनि