बैशाख १७, २०८१, सोमबार
               

ओलीको कदमलाई सर्वोच्चले साथ नदिनेमा विश्वस्त छु :भट्टराई

नेपाल फ्ल्यास
माघ २४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रचण्ड-नेपाल समूहका नेता योगेश भट्टराईले केपी ओली र पूर्वराजा ज्ञानेन्द्र संयुक्त अध्यक्ष भएको पार्टी बन्यो भने आश्चर्यमा नपर्दा नहुने बताएका छन् । 

शनिबार पूर्वीनवलपरासीको कावासोतीमा भएको विद्यार्थी भेला एवं प्रशिक्षणलाई संबोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन् ।

सो क्रममा भट्टराईले ओलीको पछिल्लो गतिविधि व्यवस्थाविरोधी भएको बताए । ‘हिजोका मण्डले, संघीयता र गणतन्त्र विरोधी आज केपी ओलीको साथमा छन्,ओलीले कस्तो जमातको नेतृत्व गर्दै हुनुहुन्छ देखिएकै छ, भोलि पूर्वराजा ज्ञानेन्द्र दुवै अध्यक्ष भएको पार्टी बन्यो भने अनौठो मान्नु पर्दैन,’ उनले भने, ‘संसद् विघटनको मुद्दामा ओलीको पक्षमा बहस गर्ने वकिल र उनको अघिपछि रहनका सबै संघीयता र गणतन्त्रविरोधी मात्रै छन् ।’ 

प्रधानमन्त्री ओली इतिहासकै कमजोर प्रधानमन्त्री भएको उनले बताए । ओलीले निर्वाचित प्रतिनिधिसभा विघटन गरेर सत्ता र शक्तिको दुरुपयोग गर्दै आफूलाई शक्तिशाली बन्न प्रयत्न गरेको बताउँदै उनले ओलीको कदममा सर्वोच्चले साथ नदिने विश्वास व्यक्त गरे ।


कस्तो लाग्यो ?

यो पनि