जेठ ०६, २०८१, आइतबार
               

भागिरथीका हत्यारालाई तुरुन्त कारबाही गर : देउवा

नेपाल फ्ल्यास
माघ २४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैतडीको चडेपानीकी १७ वर्षीया भागिरथी भट्टको हत्यामा संलग्नलाई कारबाही गर्न माग गरेका छन् । घटनाका सम्बन्धमा तत्काल अनुसन्धान गरी दोषीलाई कारबाही गर्न सभापति देउवाले सरकारसँग माग गरेका हुन् ।

अघिल्लो दिन विद्यालय हिँडेकी बैतडीको दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी भागिरथी बिहीबार साँझ जंगलमा मृत भेटिएकी थिइन् । सभापति देउवाले घटनाबाट आफू मर्माहत भएको उल्लेख गर्दै घटनाको तत्काल अनुसन्धान गरी दोषीलाई हदैसम्मको कारबाही गर्न सरकारलाई आग्रह गरेका हुन् ।

‘बैतडीको दोगडाकेदार गाउँपालिका-७, चडेपानीकी १७ वर्षीया भागिरथी भट्टको हत्याको खबरले निकै मर्माहत भएको छु,’ देउवाले बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘उक्त घटनाका विषयमा तत्काल अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछु । भट्टको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु ।’


कस्तो लाग्यो ?

यो पनि