जेठ ०५, २०८१, शनिबार
               

संयुक्त आन्दोलनको तयारी भइरहेको छ : खनाल

नेपाल फ्ल्यास
माघ २३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका नेता झलनाथ खनालले सर्वोच्च अदालत कानुनअनुसार चल्ने बताएका छन् । 

प्रेस संगठन झापाले गरेको कार्यक्रमा उनले सो कुरा बताएका हुन् । ‘सर्वोच्च अदालत संविधान र कानुनअनुसार चल्ने संस्था  हो,’ उनले भने, ‘सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्छ भन्ने विश्वास छ ।’

निर्वाचन आयोग संविधान अनुसार गठन भएको संवैधानिक आयोग भएको बताउँदै उनले आयोगले संविधान र दलसम्बन्धी ऐनका आधारमा नेकपाको आधिकारिकतासम्बन्धी निर्णय गर्ने बताए । 

उनले भने, ‘दलसम्बन्धी ऐनमा बहुमत केन्द्रीय सदस्य हुनले आधिकारिकता र चुनाव चिन्ह पाउँछ ।’ सोही क्रममा केपी ओली समूहले गरेको प्रदर्शन पञ्चर्‍लाीको संज्ञा दिँदै संयुक्त आन्दोलनको आन्दोलनको तयारी भइरहेको बताए ।


कस्तो लाग्यो ?

यो पनि