जेठ ०५, २०८१, शनिबार
               

गृहमन्त्री थापाको अभिव्यक्तिप्रति भीम रावलको आपत्ति

नेपाल फ्ल्यास
माघ २३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका सचिवलाय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाको अभिव्यक्तिप्रति दाहाल-नेपालका नेता भीम रावलले आपत्ति जनाएका छन् । 

शुक्रबार काठमाडौंमा भएको जनप्रदर्शनलाई संबोधन गर्ने क्रममा ओली समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले ‘असंवैधानिक कदमविरुद्ध आन्दोलन गर्नेलाई चिडियाखानामा थुन्ने’ अभिव्यक्ति दिएका थिए । रावलले सोहीप्रति लक्षित गर्दै नेता रावलले सामाजिक सञ्जालमार्फत् असन्तुष्टि जनाएका हुन् । 

शुक्रबार आफूपक्षीय जनप्रदर्शनलाई संबोधन गर्ने क्रममा बादलले ‘मांसाहारी आन्दोलन गर्नेलाई जावलाखेलको चिडियाखानामा थुनिनेछ’ भनी अभिव्यक्ति दिएका थिए । 

उनले भनेका छन, ‘प्रधानमन्त्री केपी ओलीको प्रतिनिधिसभा विघटन र मनपरी गर्ने असंवैधानिक कार्यविरूद्ध आन्दोलन गर्नेहरूलाई जावलाखेलको चिडियाखानामा थुन्ने गृहमन्त्रीको भाषणले प्रम ओली निरंकुश पञ्चायती शासनभन्दा अघि बढेर तानाशाह बन्ने दुःस्वप्ना देखिरहनु भएको पुष्टि हुन्छ । निरंकुशतन्त्र ढल्छ ।’

यो पनि