जेठ ०५, २०८१, शनिबार
               

प्रचण्ड समूहले जलाएको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिन्छ : प्रधानमन्त्री ओली

नेपाल फ्ल्यास
माघ २३, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो नेकपाको (प्रचण्ड नेपाल) समूहले जलाएको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड नेपाल)को ओली समूहकाे आज नारायणहिटी क्षेत्रमा बृहत् सभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘हिजो नेपाल बन्द गरेर तर्साउन खोजियो, ट्याक्सी जलायो,’उनले भने,‘धन्न चालक बचे । ट्याक्सीको बिमा गरेको छ होला । क्षतिपूर्ति सरकारले दिन्छ । जनतालाई मनपराउने सरकार छ ।’  

नेकपाकाे (प्रचण्ड-नेपाल)  समूहका प्रदर्शनकारीहरूले बिहीबार काठमाडौंको सामाखुसीमा  प्रदेश नम्बर ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सी जलाएका थिए । ट्याक्सी जलेपछि सामाजिक सञ्जालमा चर्काे आलाेचना भएकाे थियाे ।


कस्तो लाग्यो ?

यो पनि