जेठ ०५, २०८१, शनिबार
               

‘आधा सताब्दी गणतन्त्रका लागि लडेँ, ओली राजतन्त्रको पक्षमा जान्छ भन्ने ?’

नेपाल फ्ल्यास
माघ २३, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न नसक्ने बताएका छन् । शुक्रबार आयोजित विशाल जनप्रदर्शनपछिको सभालाई सम्बोधन ओलीले ‘कतिपयले राजतन्त्र फर्किएको घोषणा गर्छ रे’ भनेर हल्ला चलाइएको बताए ।

नारायणहिटी दरबार संग्राहलयअगाडि आयोजित सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘आज बिहानसम्म लौनचौरमा हल्ला सुनेथेँ, केपी ओलीले राजतन्त्र फर्काएको घोषणा गर्छ अरे । हामीले आधादशक लडेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएका छौँ । यसले बाधा दिएको छैन । गणतन्त्रका लागि आधादशक लडेँ, अझै पनि ओली राजतन्त्रको पक्षमा जान्छ भन्ने ? यसलाई हामी थप मजबुद गर्दै जानेछौँ ।’

आफूहरुले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कसैले तलमाथि गर्न नसक्ने उनले बताए । २–४ हजार मान्छे जम्मा गरेर को हो मूल पार्टी भनेर लल्कार्ने काम भएपछि आफूहरुले सभा गर्नुपरेको ओलीले बताए । यो त कास्टिङ मात्र भएको भन्दै उनले काठमाडौंका सबै सडकमा स्क्रिन राखेर सभा गर्नुपर्ने दिन आउनसक्ने बताए ।

उनले भने, ‘दुई हजार मान्छे लिएर हामीलाई लकार्ने काम भयो । यो हो पार्टी आउन हेर भनियो । यसैले हामीले पनि जनसमर्थन बटुल्न बाध्य भयौँ । यो सभा कास्टिङको रुपमा मात्रै हो । हामीले आमसभा गर्नुपर्छ भने काठमाडौंभरि स्क्रिन राखेर देखाउँनेछौँ । १ गते बुटवल, ८ विराटनगरमा यस्तै सभा गर्नेछौँ । आलोचक मित्रलाई म भन्न चाहान्छु मन थामेर हेर्नुहोस् ।’

ओलीले  आफूहरुको सभा इतिहासकै ठूलो भएको दाबी गरे । सभामा आउन नदिन प्रचण्ड–माधव समूहले नेपाल बन्द गरेर तर्साउन खोजिएको बताउँदै ओलीले भने, ‘बाटामा खाल्टा खनियो, बम राखेर विप्लव लेखियो । तर, यो भेलfलाई रोक्न सकेन ।’ सभास्थलको दायाँ सञ्चयकोष, बायाँ जयनेपाल हल र घण्टाघरसम्म मानिस नअटाएको उनको दाबी थियो ।


कस्तो लाग्यो ?

यो पनि