जेठ ०५, २०८१, शनिबार
               

ओलीको आमसभाका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

नेपाल फ्ल्यास
माघ २३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा ओली समूहले नारायणहिटी संग्रहालय अगाडि गरेको बृहत् आमसभाका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । विभिन्न जिल्लाबाट नेता, कार्यकर्तालाई ल्याएर प्रदर्शन गरिएका कारण ट्राफिक व्यवस्थापनमा कठिनाइ भएको हो ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार कार्यक्रम अवधिभरका लागि रिङरोडभित्र सार्वजनिक यातायातलाई प्रवेशमा रोक लगाइएको छ । जय नेपाल, महेन्द्र शालिक र केशर महल क्षेत्रमा पूर्णतः सवारीसाधन निषेध गरिएको ट्राफिक महाशाखाका एसएसपी जनक भट्टराईले बताए ।

आमसभामा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुले सम्बोधन गर्दै गर्दा नक्साल,  पुतलीसडकलगायत क्षेत्रमा भने अहिले सवारी आवागमनमा अवरोध भएको ट्राफिक महाशाखाले जनाएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि