जेठ ०५, २०८१, शनिबार
               

प्रचण्डलाई ओलीको चेतावनी : अब नरभक्षी आन्दोलन हुँदैन

नेपाल फ्ल्यास
माघ २३, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले दाहाल नेपाल समूहका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अब मांसाहारी आन्दोलन हुन सक्दैन भन्दै चुनौती दिएका छन् ।  

काठमाडौंमा भएको आमसभालाई सम्बोधन गर्दै ओलीले प्रचण्डलालाई मांसाहारी आन्दोलन भनेको कस्तो हो भन्दै प्रश्न पनि गरेका छन् ।  
‘साकाहारी आन्दोलनले हुँदैन भनेर के भनेको ? चिकनचिल्ली खान्छु भनेको हो ?  नरभक्षी आन्दोलन गर्छु भनेको हो ?’ उनले भने, ‘अब त्यस्ता दिन गए । यहाँ कसैले नरभक्षी आन्दोलन चलाउँछु भन्ने कसैले नसोचे हुन्छ ।’ 

उनले काठमाडौंमा अन्य स्थानमा कार्यक्रम गर्न ठाउँ सानो भएको बताउँदै उनले दरबाररमार्गमा आएको बताए । प्रदर्शनमा सहभागी हुन खोज्नेहरुलाई कथाकथित बन्द गरी रोकिएको बताउँदै उनले बाटो-बाटोमा अवरोध गरिएको बताए । ‘प्रदर्शनमा सहभागी हुन आउनेहरुमाथि ढुंगामुडा राखी विप्लव भनी लेखेर राखिए पनि प्रदर्शनमा उत्साहजनक उपस्थिति छ।’

त्यसैगरी, उनले  नेकपाको मूल पार्टी आफू नेतृत्वको नेकपा भएको बताएका छन् । नेकपा स्वाधिनता र देशको भौगोलिक अखण्डताको रक्षा गर्ने पार्टी भएको बताउँदै उनले नेकपा इतिहास बोकेको र  देश बनाउने सपना बोकेको पार्टी भएको बताए ।

‘आजबाट कुन चाहिँ पार्टी खास, कुन चाहिँ नक्कली र कुनचाहिँ सक्कली भन्ने कुरा फैसला भयो,’ भीड देखाउँदै ओलीले नारायणहिटी अगाडिको वृहद जनसभालाई सम्बोधन गर्दै भने ।


कस्तो लाग्यो ?

यो पनि