काठमाडौं । उपप्रधानमन्त्रीसमेत रहेका नेकपाका नेता ईश्वर पोखरेलले कम्युनिस्ट आन्दोलनमा प्रचण्ड प्रवृत्ति हावी भएको बताएका छन् ।
नारायणहिटी दरबारअघि आयोजित सभालाई सम्बोधन गर्दै जनताका सपना पूरा गर्न कम्युनिस्ट एकता अभियान चलाए पनि केही विशाक्त तत्वले सफल हुन नदिएको बताए ।
नेता पोखरेलले कम्युनिस्ट आन्दोलन र देशको समृद्धिलाई असफल बनाउन परिचालिन प्रचण्ड प्रवृत्ति र माधव नेपाल प्रवृत्तिलाई सफल हुन नदिने बताए ।
उनले मुलुकमा राजनीतिक स्थायित्वका लागि जस्तोसुकै प्रतिकुलता भए पनि निरन्तर लागि परिरहने बताए ।