जेठ ०५, २०८१, शनिबार
               

अत्तरियामा पनि गुडाइयो सेनाका बख्तरबन्द गाडी

नेपाल फ्ल्यास
माघ २३, २०७७

ADVERTISEMENT

धनगढी । कैलालीको अत्तरियामा नेपाली सेनाले बख्तरबन्द गाडी कुदाएको छ । अत्तरियाको सडकमा ४ वटा बख्तरबन्द गाडी देखिएका हुन् । ती गाडीलाई अत्तरियाको पूर्वी सडकमा केही समय रोकिएका थिए । नेकपाको प्रचण्ड-माधव पक्षले आह्वान गरेको आमहड्तालकै दिन सडकमा सेनाका गाडी देखिएपछि सशंकित भएका छन् ।

स्थानीयले उक्त गाडीहरू पूर्वतर्फबाट आएर धनगढीतर्फ गएको बताएका छन् । नेपालगञ्जबाट धनगढीको बोराडाँडीमा रहेको ब्यारेकसम्म उक्त हतियारसहितका गाडीहरू कुदाइएको हो । सेनाले यसलाई नियमित अभ्यास भनेको छ ।

प्रतिनिधिसभा विघटनसँगै राजनीतिक अवस्था तरल रहेको बेला सेनाले बख्तरबन्द गाडीको सडकमा देखिन थालेका छन् । यसअघि माघ १९ गते सेनाले काठमाडौंका सडकमा सेनाका १० बख्तरबन्द गाडी गुडाएको थियो ।


कस्तो लाग्यो ?

यो पनि