जेठ ०५, २०८१, शनिबार
               

संवैधानिक निकायमा भएको नियुक्तिविरुद्ध सर्वोच्चमा सभामुखको रिट !

नेपाल फ्ल्यास
माघ २३, २०७७

ADVERTISEMENT

काठमाडौं । संवैधानिक निकायमा पदाधिकारी नियुक्तिको विषयलाई सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा रिट दायर गर्ने भएका छन् ।

शुक्रबार सभामुख सापकोटा आफैँ अदालतमा उपस्थित भएर गैरकानुनी रुपमा गरेको नियुक्ति खारेज गर्न माग गर्दै रिट दायर गर्न लागेका हुन् ।

सभामुख सापकोटाले संसद् नभएको अवस्थानमा सुनुवाइ गर्ने समिति नभएको भन्दै संवैधानिक परिषदका सिफारिस फिर्ता पठाएका थिए ।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकाय अध्यक्ष तथा पदाधिकारी गरी ३४ जनालाई नियुक्त गरेका थिए ।

यसको विरोधमा नेकपा, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नागरिक समाजले समेत विरोध जनाउँदै आएका छन् ।


कस्तो लाग्यो ?

यो पनि