जेठ ०५, २०८१, शनिबार
               

यस्तो छ राजधानीमा नेकपा ओली समूहद्वारा प्रदर्शनको तयारी

नेपाल फ्ल्यास
माघ २३, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेकपा समूहले आज राजधानीस्थित नारायणहिटी दरबार अगाडि बृहत् प्रदर्शनको तयारी गरेको छ ।

उक्त समूहले ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ  प्रदर्शन गर्ने तयारी गरेको हो ।

उक्त प्रदर्शनमा काठमाडौं उपत्यकासहित बागमती प्रदेशका १३ जिल्ला र देशभरबाट पार्टी नेता, कार्यकर्ताको सहभागी हुने बताइएको छ । सो प्रदर्शन सम्पन्नको लागि पार्टी काठमाडौं उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ ।

मध्याह्न १२ बजेदेखि हुने सो सभामा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत नेताले सम्बोधन गर्ने स्रोतले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि