जेठ ०६, २०८१, आइतबार
               

आज नेकपा ओली समूहले काठमाडौंमा जनसभा गर्दै

नेपाल फ्ल्यास
माघ २३, २०७७

ADVERTISEMENT

काठमाडौं । आज सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहले राजधानीस्थित नारायणहिटी दरबार अगाडि  बृहत् जनसभा गर्ने भएको छ। 

उक्त समूहले ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ  जनसभा गर्न लागेको जनाएको छ ।

नेकपा बागमती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले सभामा काठमाडौं उपत्यकासहित बागमती प्रदेशका १३ जिल्ला र देशभरबाट पार्टी नेता, कार्यकर्ताको सहभागी हुने बताए ।  उक्त जनसभा सम्पन्न गर्नको लागि पार्टी काठमाडौं उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको बताइएको छ ।

मध्याह्न १२ बजेदेखि हुने सो सभामा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत नेताले सम्बोधन गर्ने स्रोतले जनाएको छ ।

बिहीबार पनि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले नेपाल बन्दको आयोजना गरेको थियो । सोही क्रममा विभिन्न सवारीसाधनमा तोडफोड र आगजनी समेत गरिएको थियो । 


कस्तो लाग्यो ?

यो पनि