जेठ ०६, २०८१, आइतबार
               

जनताले पाएको दु:ख हेर्न अध्यक्ष नै गाडी लिएर निस्के : ओली

नेपाल फ्ल्यास
माघ २२, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष दाहाल जनताले कति दु:ख पाए भनी हेर्न गाडी लिएर हिँडेको बताएका छन् । 

दाहाल-नेपालको आन्दोलनप्रति लक्षित गर्दै बिहीबार अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सो कुरा बताएका हुन् ।

‘जनताले कति दु:ख पाए भनेर गाडीमा तमासा हेर्न हिँडेका छन् । कार्यकर्ता सकिएछन्, आफैँ हिँड्याछन् । कार्यकर्ता छैनन् सिद्धिएछन् । कार्यकर्ताजति सबै यतै छन्,’ प्रधानमन्त्री ओलीले भने । तर, ओलीले माधवकुमार नेपाल भने आफैँले गराएको बन्दमा के गाडी लिएर जानु भनी मोटरसाइकलमा घुमेको बताए । 

बिहीबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल खुमलटारबाट गाडी लिएर बन्दको निरीक्षण गर्न निस्किएका थिए । सो क्रममा उनले पुल्चोक एकछिन बसी नेता कार्यकर्तासँग नारा लगाए भने अध्यक्ष माधवकुमार नेपाल पनि बन्दको निरीक्षण गर्न सडकमा स्कुटीमा निस्किएका थिए ।

दुवै अध्यक्षलाई लक्षित गर्दै प्रधाकनमन्त्री केपी ओलीले उनीहरू तमासा हेर्न सडकमा निस्किएको बताए । सोही क्रममा ओलीले दाहाललाई कानुनको पालना गर्न सुझाव दिए । 

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्टको बर्को ओढेर कम्युनिस्ट आन्दोलनको बदनाम गरेको बताएका छन् ।

‘कम्युनिस्टकै बर्को ओढेर बाटोमा बस्नेहरुले कम्युनिस्ट आन्दोलनको बदनाम गराए । कम्युनिस्ट आन्दोलन र लोकतन्त्रको सबैभन्दा बढी विरोध कम्युनिस्टकै खोल ओढेकाले गरेका छन्,’ उनले भने,  ‘विगतमा पनि यिनीहरुले यिनीहरुले कम्युनिस्ट आन्दोलनलाई निर्दयी, संवेदनहीन, मानवताहीन भएको हुन्छ भनेर उपद्रो गरे । ल्याएर हामीले धेरै कोसिस गर्यौँ । तर सुधार्न सफल भइएन ।’

यो पनि