जेठ ०६, २०८१, आइतबार
               

‘नेपाल खुल्ला छ म त नेपाल बन्द खोल्न आको ’

नेपाल फ्ल्यास
माघ २२, २०७७

ADVERTISEMENT

काठमाडौं । दाहाल-नेपाल (नेकपा) ले आयोजना गरेको नेपाल बन्दको विरोधमा काठमाडौंमा केही युवाले बन्दको अवज्ञा गरेका छन् । सामाजिकसञ्जाल र भौतिक रूपमा बन्दको अवज्ञा गर्दै उनीहरुले सोको विरोध गरेका हुन् ।

सामाजिक कार्यमा सक्रिय युवाको सामाजिकसञ्जाल समूह मेन्स रुम रिलोडेड (एमआरआर)ले आमहड्तालको अवज्ञा गर्दै काठमाडौंका विभिन्न स्थानमा र्‍याली पनि निकालेको छ । 

नेपालको झन्डासहित निकालिएको र्‍यालीमा ‘नेपाल खुल्ला छ’, ‘म त नेपाल बन्द खोल्न आको’ र ‘नेपाल बन्द सधैँको लागि बन्द गरौँ’जस्ता नारा लेखिएको पम्पलेट मोटरसाइकलमा टाँसिएको थियो । 

उनीहरूले सवारीसाधानको अभावमा समस्यामा परेका यात्रुलाई आफ्नो सवारीमार्फत् गन्तव्यसम्म पुर्‍याउने काम पनि गरेका थिए । बन्दको विकल्प खोजीलाई सदाका लागि बन्द गरिनुपर्ने र सर्वसाधारण जनतालाई दुःख दिने काम बन्द गर्नुपर्ने उनीहरूको माग छ ।

यसअघि पनि बन्दका बेला सामाजिकसञ्जालमार्फत् सक्रिय विभिन्न समूह बन्दको विरोधमा उत्रिँदै आएका थिए ।


कस्तो लाग्यो ?

यो पनि