जेठ ०६, २०८१, आइतबार
               

आमहडतालको विरोध गर्दै नेकपा युवाले गरे मार्चपास

नेपाल फ्ल्यास
माघ २२, २०७७

ADVERTISEMENT

आमहडताल र आगजनीको विरोध तथा भोलिको जनसभाको तयारीस्वरुप नेकपा युवा विद्यार्थीले बिहीबार काठमाडौंमा मार्चपास गरेका छन् । प्रचण्ड-माधव समूहले गरेको आमहडतालमा भएको हिंसात्मक घटनाविरुद्ध र भोलि गरिने विशाल जनसभाको समर्थनका लागि मार्चपास गरेको उनीहरुको भनाइ छ । 

अनेरास्ववियूले प्रदर्शनी मार्गबाट सुरु गरेको मार्चपास कान्तिपथ हुँदै सहर परिक्रमा गरेको छ । मार्चपासमा सहभागीले एकै प्रकारका टोपी लगाएका थिए । मार्चपासमा उपत्यकाका आठ स्थानबाट युवा विद्यार्थीहरू भेला भएका थिए।


कस्तो लाग्यो ?

यो पनि