जेठ ०६, २०८१, आइतबार
               

पाँच बजेपछि आमहड्ताल अन्त्य हुने

नेपाल फ्ल्यास
माघ २२, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रचण्ड–माधव (नेकपा) का संघर्ष समितिका सदस्य तथा केन्द्रीय सदस्य विष्णु रिजालले आमहड्ताल पाँच बजेपछि अन्त्य हुने जानकारी दिएका छन् । 

बिहीबार आमहड्ताल जारी रहँदा पार्टीको फेसबुकमार्फत् रिजालले सो जानकारी दिएका हुन् । फेसबुकमार्फत् नेताहरु अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, विजय पौडेल, अमृता थापालगायत पक्राउ परेको पनि जानकारी गराइएको छ । 

त्यस्तै, चावहिलबाट कृष्ण केसी, बागबजारबाट विद्यार्थी नेता रमेश मल्ललाई प्रहरीले पक्राउ परेको बताइएको छ । 

‘जनकपुरमा रामचन्द्र झा, मातृका यादवलगायतका १० जना नेता कार्यकर्ता घाइते र १२ जना गिरफ्तार भएका छन्,’ पार्टीको फेसबुकमा उल्लेख छ, ‘वीरगञ्जबाट ३५, विराटनगर ७ जना र धरानबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।’ त्यस्तै, रिजालले आमहड्ताल समग्रमा सफल भएको बताएका छन् । 


कस्तो लाग्यो ?

यो पनि