जेठ ०६, २०८१, आइतबार
               

पूर्वपश्चिम राजमार्ग खुलाउँदै प्रहरी

नेपाल फ्ल्यास
माघ २२, २०७७

ADVERTISEMENT

महोत्तरी । प्रहरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास सडकखण्डको बाटो खुलाएको छ । सरकारले विभिन्न आयोगमा नियुक्त आयुक्तलाई गराएको शपथलाई असंवैधानिक भन्दै दाहाल-नेपाल(नेकपा)बुधबार बन्दको आह्वान गरेको थियो । 

सोही क्रममा महोत्तरीको बर्दिबासस्थित मुख्य चोकमा बिहीबार बिहानैदेखि प्रदर्शन गरिरहेका नेकपा प्रचण्ड-माधव समूहका कार्यकर्तालाई प्रहरीले बल प्रयोग गरेर राजमार्ग आशिंक रुपमा खुलाइएको हो ।

प्रहरीले बाटो खुलाउने क्रममा दुईपक्षबीच झडप पनि भएको छ । झडपमा हुँदा प्रचण्ड-माधव पक्षीय नेकपाका केही नेता तथा कार्यकर्ता घाइते भएका छन् । 

प्रहरीले स्कटिङ गरेर गन्तव्यतर्फ सवारीसाधनलाई पठाइरहेका छन् । प्रदर्शाकारीहरुले राजमार्गमा बसेर नाराबाजी गरिरहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि