जेठ ०६, २०८१, आइतबार
               

बन्दकर्ताद्वारा नुवाकोटमा एक मोटरसाइकल तोडफोड

नेपाल फ्ल्यास
माघ २२, २०७७

ADVERTISEMENT

नुवाकोट आर्दश वहुमुखी क्याम्पस अगाडि रहेका प्रर्दशनकारीले प्रदेश नम्बर ३–०२–००१ व ११९६ नम्बरको सरकारी मोटरसाइकल तोडफोड गरेका हुन् । प्रर्दशनकारीले मोटरसाइकलमा तोडफोड गरी चालकलाई समेत दुर्व्यवहार गरेका थिए ।

यसैबीच, नेकपा प्रचण्ड–नेपाल समुहले आयोजना गरेको आमहड्तालको नुवाकोटमा सामान्य प्रभाव परेको छ । संवैधानिक निकायमा गरिएको नियुक्तिका विरोधमा नेकपा प्रचण्ड–नेपाल समुहले गरेको बन्दलाई सफल बनाउन सो समूहका नेता तथा कार्यकर्ताहरु चोकचोकमा प्रर्दशन गरिरहेका छन् ।

बन्दको कारण लामो तथा छोटो दुरीका सवारीसाधन पुर्ण रुपमा ठप्प रहेको छ भने अत्याआवश्यक सवारीसाधनहरुलाई भने निर्वाध रुपमा चलिरहेका छन् । यस्तै शैक्षिक संस्थाहरु समेत पुर्ण रुपमा ठप्प छन् ।

प्रर्दशनकारीहरु नुवाकोटको विदुर,ढुङ्गे, बट्टार, देविघाट, महादेवफाट लगाएतका स्थानमा प्रर्दशन गरिरहेका छन् । प्रर्दशनकारीहरुले ‘संसद विघटन खारेज गर’ भन्दै  लगायतको नारा लगाएका छन् ।

सडक बन्द गराउन नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडा, नेता बुद्धि प्रधान लगायतका नेता तथा कार्यकर्ताहरु सकडमा उत्रिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि