जेठ ०६, २०८१, आइतबार
               

नेकपा प्रचण्ड–माधव पक्षले भने –‘हामीले ट्याक्सीमा आगजनी गरेका होइनौँ, घुसपैठ भयो’

नेपाल फ्ल्यास
माघ २२, २०७७

ADVERTISEMENT

नेकपा प्रचण्ड–माधव पक्षले बिहीबार आयोजित आमहड्तालको क्रममा घुसपैठ भएको दाबी गरेको छ ।

सो समूहका राष्ट्रिय युवा संघका संयोजक दीपशीखाले गोंगबुमा भएको ट्याक्सीमा भएको आगजनीमा आन्दोलनकारीको संलग्नता नरहेको भन्दै घुसपैठ भएको दावी गरेका छन् ।

‘यो आयोजकका तर्फबाट गरिएको होइन । आगजनी वा तोडफोड गर्ने कुनै नीति रहेको छैन । आन्दोलनलाई अराजक देखाउने सरकारी घुसपैठको चरम नमुना ’ उनले भने ।

अज्ञात समूहबाट गोंगबुमा बिहानै  ट्याक्सीमा आगजनी भएको थियो भने सो आगजनीको विषयलाई लिएर सामाजिक सञ्जालमा कडा आलोचना भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि