जेठ ०६, २०८१, आइतबार
               

बीचैमा प्रदेश छाडेर जान्नँ : मुख्यमन्त्री गुरुङ

नेपाल फ्ल्यास
माघ २२, २०७७

ADVERTISEMENT

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताको लागि काम गर्ने प्रतिबद्धतासहित जिम्मेवारी सम्हालेकाले आफू बीचमै छोडेर कुनै अवसर खोज्न नजाने बताएका छन् । 

बाह्रखरी अनलाइनले पोखरामा आयोजना गरेको ‘कोभिड–१९ को असरबाट पर्यटनलाई उकास्ने प्रयास’ विषयक कार्यक्रममा पत्रकार प्रतिक प्रधानसँगको भलाकुसारीमा मुख्मन्त्रीले प्रदेशको विकासमा आफूले पूरा समय काम गर्ने बताएका हुन् ।

‘मुलुक चुनावको तयारीमा छ, अहिले मलाई प्रतिनिधिसभाको टिकट दिए पनि म लिन्न किनकी मैले जनतासँग पाँच वर्ष काम गर्छु भन्ने प्रतिबद्धता लिएर जिम्मेवारी सम्हालेको हुँ । म कुनै अवसर खोज्दै हिँड्दिन’, मुख्यमन्त्री गुरुङले भने । 

उनले चुनौती छन् भन्ने थाहा भए पनि यति कठिन चुनौतीको कल्पना नगरेको बताउँदै संघीयता सफल हुन नदिन कर्मचारीतन्त्र सक्रिय रहेको बताउनुभयो । “कर्मचारीतन्त्रमा संघीयता विरोधी भावना हाबी छ । संरचना, व्यवस्था परिवर्तन भयो तर ८० प्रतिशत कर्मचारीले संघीयता अझै स्वीकार्न सकेका छैन । यसले धेरै समस्या सिर्जना भएको छ ।’

उनले विभिन्न राजनीतिक पृष्ठभूमिबाट समाज परिवर्तनको वाचा गरेर आएका नेताहरुले पछिल्लो समय राजनीतिक धरातल बिर्सेर आफू केन्द्रित हुन थालेको टिप्पणीसमेत गरे । ‘अहिले नेताले जनतासामू के वाचा गरेका आएका हौँ भन्ने नै बिर्सेका छन् आफूलाई मात्रै केन्द्रबिन्दुमा राख्दै हिँडेका छन् कसरी परिवर्तन हुन्छ ?’, मुख्यमन्त्रीले प्रश्न गरे । 

राजनीतिक प्रश्नको उत्तर दिँदै मुख्यमन्त्रीले नेकपा पार्टीभित्रको अन्तद्वन्द्व पहिलेदेखि रहेको र अहिले प्रकट मात्र भएको जवाफ दिए । ‘अन्तरद्वन्द्व पहिलेदेखि नै थियो, अहिले प्रकट भयो, अहिले आम नागरिकले नेताको राजनीतिक संस्कार र असली चरित्रलाई राम्रोसँग बुझ्ने अवसर पाएका छन् यो लोकतन्त्रको राम्रो पक्ष हो ।’

 उनले संसद् विघटन असंवैधानिक कदम नभएको तर्कसमेत गरे । उनले भने, ‘लोभीपापीसँग सङ्गत गरेपछि अलिअलि लोभ देखाउनै प¥यो । त्यसैको उपज हो संसद् विघटन असंवैधानिक होइन ।’

कोरोनाको मारमा परेका व्यवसायीका लागि एक अर्बको व्यवसाय जीवनरक्षा कोष सञ्चालन गरेर प्रदेशले अभिभावकको दायित्वसमेत पूरा गरेको जनाउँदै उहाँले यस क्षेत्रको विकासका लागि सबैसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने पनि बताए । 

यो पनि