जेठ ०६, २०८१, आइतबार
               

ओलीको प्रश्न : किन र कस्का लागि नेपाल बन्द ?

नेपाल फ्ल्यास
माघ २१, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले 'बन्द के का लागि ?' भन्दै प्रश्न गरेका छन् । 

प्रचण्ड-माधव समूहले आयोजना गरेको बन्द (आम हड्ताल) को विषयमा उनले प्रश्न गरेका हुन् ।

प्रचण्ड-माधव समूहले भोलि (बिहीबार) आम हड्तालको घोषणा गरेका छन् ।

सभागृहमा नेपाल भूमिहीन सुकुम्वासी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै अ‍ोलीले प्रचण्ड-माधव समूहले 'बन्द कसका लागि गर्न लागेको ?' भन्दै प्रश्न गरे ।

देश र जनताका नाममा भन्दै नेपाल बन्दको आयोजना गर्नु जनताकै अपमान भएको भन्दै ओलीले नेपाल 'अब बन्द नहुने' उद्घोष गरे ।

आफ्ना पदका लागि जोसँग जस्तोसुकै सम्झौता गर्न तयार हुनेहरुले जनताका लागि भन्दै बन्द गर्न आवश्यक नभएको उनको  तर्क छ ।


कस्तो लाग्यो ?

यो पनि