जेठ ०५, २०८१, शनिबार
               

अध्यक्ष दाहाललाई लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश

नेपाल फ्ल्यास
माघ २१, २०७७

ADVERTISEMENT

काठमाडौं । सर्वोच्च अदालतले नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि अदालतको अवहेलना सम्बन्धमा लिखित जवाफ दिन आदेश दिएको छ । 

बुधबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले दाहालविरुद्ध सर्वोच्चमा परेको अदालतको अवहेलना रिटमाथि बहस गर्दै लिखित जवाफ गर्न आदेश दिएको हो । मंगलबार नै सुनुवाइ हुने भनिए पनि 'हेर्न नभ्याइने' भन्दै बुधबारका लागि पेसी सरिएको थियो । दाहालविरुद्ध अधिवक्ता समीर हायूले सोमबार निवेदन दर्ता गरेका थिए ।

अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा विभिन्न सभामा बोल्नुका साथै न्यायाधीशलाई लक्षित गरेर अभिव्यक्ति दिएको निवेदनमा उल्लेख छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगाना र चार पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध पनि अवहेलना मुद्दा दर्ता भएको छ । उनीहरूलाई आफैँ उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश भइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि