जेठ ०६, २०८१, आइतबार
               

प्रचण्डको स्पष्टोक्ति: पूर्वलडाकूलाई समाजमा स्थापित गर्न सकिनँ

नेपाल फ्ल्यास
माघ २१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वलडाकूलाई विगतमा आफूले समाजमा स्थापित गर्न नसकेको बताएका छन् । 

बुधबार बर्हिगमित जनमुक्ति सेना नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन् । 

‘संगठनमा जिम्मेवारी दिएर समाजमा स्थापित गर्न नसक्नु नै कमजोरी भयो,’ उनले भने, ‘समाधानका लागि अब पार्टीमा पूर्वलडाकूको विशेष पार्टी कमिटी बनाएर अघि बढ्छौँ ।’

सबैलाई पार्टी कमिटीमा समायोजन गर्न नीतिगत निर्णय गरेको बताउँदै कार्यान्वयन भयो कि भएन भनेर भने नहेरेको उनले बताए । उनले भने, ‘त्यहाँ गल्ती भयो,’ उनले अघि भने, ‘केन्द्रीय भूमिकामा गल्ती गरेजस्तो लाग्दैन, तर तलसम्म पार्टी कमिटीमा उचित जिम्मेवारी दिएर सम्मानजनक रुपमा समाजमा स्थापित गर्न सकिनँ ।’

केही दिनअघि नेकपा अध्यक्ष केपी शर्मा ओलीले पूर्वलडाकुको एक कार्यक्रमलाई संबोधन गर्दै नेतृत्वले विगतमा विर्सिए पनि आफूले अब पूर्वलडाकुलाई नविर्सिने बताएका थिए ।

सो प्रसंगलाई निकाल्दै प्रचण्डले भने, ‘पूर्वलडाकूको उपचार, राहतका लागि आफूले पटकपटक प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराउँदा सुनुवाइ भएन । बरु यसअघि दिइएको सेवा सुविधासमेत खोस्ने काम भयो ।’

यो पनि