बैशाख २२, २०८१, शनिबार
               

रामकुमारी झाक्रीलाई पक्राउ गर्न माग

नेपाल फ्ल्यास
माघ २१, २०७७

ADVERTISEMENT

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहनिकट अखिल नेपाल महिला संघ (अनेमस‌ंघ)ले रामकुमारी झाक्रीलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ । 

बुधबार सो संघले राष्ट्रपतिको चरित्र हत्या गर्ने गरी अभिव्यक्ति दिएको आरोपसहित नेतृ झाँक्रीविरुद्ध गृहमन्त्री रामबहादुर थापासमक्ष ज्ञापनपत्र बुझाउँदै कारबाहीको माग गरेको हो । 

गोरखाको सिराञ्चोकमा आयोजित एक कार्यक्रममा झाँक्रीले राष्ट्रपति भण्डारीलाई लक्षित गरी सेतो सारीमा चुनाव लडाउनु गल्ती थियो भन्ने आशय व्यक्त गरेकी थिइन् ।

राष्ट्रपतिको चरित्र हत्या गर्ने गरी अभिव्यक्ति दिएको आरोपसहित अनेमसंघले नेतृ झाँक्रीविरुद्ध गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले नेतृ झाँक्रीलाई कारवाही गर्ने आश्वासन दिएको बताइएको छ ।

यो पनि