बैशाख १९, २०८१, बुधबार
               

संवैधानिक निकायमा सिफारिस भएकाहरूलाई आज शपथ खुवाइँदै

नेपाल फ्ल्यास
माघ २१, २०७७

ADVERTISEMENT

संसदीय सुनुवाइबिना नै संवैधानिक परिषद‍्ले विभिन्न संवैधानिक निकायका लागि गरेको नियुक्तिको सिफारिसमा परेकाहरूले आज शपथ लिने भएका छन् ।

सिफारिस भएको ४५ दिनसम्म संसदीय सुनुवाई नहुँदा सिफारिस भएका व्यक्तिहरू सम्बन्धित पदमा स्वतः नियुक्त हुने व्यवस्था अनुसार उनीहरूलाई शपथ खुवाउन लागिएको हो । 

शीतल निवास स्रोतका अनुसार शीतल निवासमा उनीहरूको शपथ राखिएको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि बोलाएको संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश उपस्थित नहुने भएपछि स्थगन गरिएकाे थियो । 

गएको मंसिर ३० गते बसेको संवैधानिक परिषद बैठकले अख्तियार र मानवअधिकारसहित विभिन्न संवैधानिक निकाय र आयोगमा नियुक्तिका पदाधिकारीहरूकाे नाम सिफारिस गरेको थियो ।

तर सभामुख अग्निप्रसाद सापकोटाले निर्णय प्रक्रियामै असहमति जनाउँदै संसदीय सुनुवाईका लागि सरकारले पठाएको सक्कल प्रति नै फिर्ता पठाएका छन् । प्रतिनिधिसभा विघटन भएपछि संसदीय सुनुवाइ समिति पनि विघटन भएको उल्लेख गर्दै यस्तो अवस्थामा संवैधानिक निकायमा नियुक्ति हुन नसक्ने दाबी सभामुखले गरेका हुन् ।


कस्तो लाग्यो ?

यो पनि