जेठ ०६, २०८१, आइतबार
               

संसद् विघटनलाई लिएर जित र हारको लडाइ जारी छ : ओली

नेपाल फ्ल्यास
माघ २०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनलाई लिएर जित र हारको लडाइ भइरहेको बताएका छन् । 

मंगलबार खेलाडीलाई संबोधन गर्दै  प्रधानमन्त्री केपी शर्मा ओलीले सो कुरा बताएका हुन् ।

‘संसद् भंग भइसक्यो। चुनाव आउन लागिसक्यो। केही मानिस चुनाव हुन्न भनिरहेका छन्। केहीका लागि होइन। जिते भन्ने पार्नका लागि। चुनावै गएर जित्ने ठाउँ छ नि। तर, यो फिर्ता गराउन पाए मेरो जित हुन्थ्यो भन्ने छ,’ उनले भने । 

अन्य क्षेत्रमा जित र हारको विषय 'इगो' बन्ने  गरेको बताउँदै उनले खेलमा हुने जित र हारले पनि ठूलो अर्थ राख्ने बताए । त्यसैगरी,उनले प्रधानमन्त्री केपी ओलीले खुकुरीले लडाइँ जित्ने नेपालीले खेलकुदमा हार्न व्योहोर्न नहुने बताएका छन् ।

‘कहिल्यै उपनिवेश र कुनै युद्ध नहारेको नेपालले खेलकुदमा पनि जित्नु पर्छ । अंग्रेजको लडाइँ खुकुरीले जित्ने नेपालीले खेलमा किन हार्नु परेको छ र ! फुटबलमा भकुन्डो हान्ने र क्रिकेटमा बलमा हान्ने त हो,’ ओलीले भने, ‘कहिल्यै उपनिवेश नबनेको, कहिल्यै नहारेको देश यत्रा-यत्रा डल्ला फ्याँक्दा किन हार्ने ?’


कस्तो लाग्यो ?

यो पनि