बैशाख ३१, २०८१, सोमबार
               

आधिकारिकता माग दाबी पत्र बुझाउन दाहाल-नेपाल पुगे आयोग

नेपाल फ्ल्यास
माघ २०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा (पुष्पकमल दाहाल- माधवकुमार नेपाल समूह)ले निर्वाचन आयोगमा आफूहरूलाई आधिकारिकता दिन माग गर्दै निर्वाचन आयोगमा पत्र बुझाएको छ । अध्यक्षद्वय दाहाल र नेपालसहितका नेताहरू मंगलबार बिहान आयोगकाे कार्यालय पुगेर आधिकारिकता माग पत्र बुझाएका हुन् । 

दल आधिकारिकता दावी गर्नका लागि अध्यक्षद्वय पुस्पकमल दाहाल र माधव नेपाल तथा वरिष्ठ नेता झलनाथ खनाल आयोगमा पुगेका हुन् । उनीहरूसँगै भीम रावल, लीलामणि पोखरेल, राजेन्द्रप्रसाद पाण्डेलगायत आयोग पुगेका छन् । 

यसअघि पार्टी कार्यालय पेरिसडाँडामा हिजो बसेको केन्द्रीय समिति बैठकले दावी गर्ने निर्णय गरेसँगै आज आयोगमा दावी पेस गरिएको हो । राजनीतिक रुपमा गत पुस पहिलो सातादेखि नै विभाजित नेकपाको विभाजन आधिकारिकता तर्फ अग्रसर भएको छ । 

जवाफमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दाबीबारे गम्भीर छलफल गरेर चाँडै निर्णय गर्ने बताएकाे बुझिएकाे छ । यसअघि निर्वाचन आयोगले दुवै पक्षको दाबी अस्वीकार गरेको थियो । 

 


कस्तो लाग्यो ?

यो पनि