बैशाख ३१, २०८१, सोमबार
               

सभापति देउवाद्वारा दुःख व्यक्त

नेपाल फ्ल्यास
माघ २०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी जिल्ला कार्यसमिति अर्घाखाँचीका पूर्वउपसभापति हरिहर आचार्यको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

आचार्यको आइतबार काठमाडौंको त्रिविवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा ६८ वर्षको उमेर निधन भएको हो । उनी निमोनियाबाट पीडित थिए ।

स्व आचार्यले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए । सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत उनको आत्माको चिरशान्तिको कामना गर्दै शोकाकूल परिवारजनमा समवेदना प्रकट गरेका छन् । 

यसैगरी सभापति देउवाले सोमबार नै मनाङ जिल्ला विकास समितिका पूर्वसभापति एवं समाजसेवी फुन्जोप्रसाद गुरुङको निधनप्रति पनि दुःख व्यक्त गरेका छन् ।  मनाङ–डिस्याङ गाउँपालिका–६ निवासी गुरुङको यही माघ १९ गते ६७ वर्षको उमेरमा निधन भएको थियो ।
 
विसं २०५४ मा कांग्रेसका तर्फबाट जिविसको सभापतिमा निर्विरोध निर्वाचित भएका स्व गुरुङले पार्टीको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।
 
यसैगरी कांग्रेसले पार्टीको बाँकेका महासमिति सदस्य हीरालाल लोनियाकी माता कैलाशा लोनियाको निधनप्रति दुःख व्यक्त गर्दै उनको आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

लोनियाको आज जानकी गाउँपालिका–४ स्थित आफ्नै निवासमा ६३ वर्षको उमेरमा निधन भएको हो ।


कस्तो लाग्यो ?

यो पनि