बैशाख ३१, २०८१, सोमबार
               

अदालतप्रति आशा र विश्वास छ : वरिष्ठ नेता पौडेल

नेपाल फ्ल्यास
माघ १९, २०७७

ADVERTISEMENT

काठमाडौं  ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले मोही माग्ने ढुङ्ग्रो लुकाउने गर्न नहुने बताएका छन् । कांग्रेस भातृ संस्थाहरुद्वारा तनहुँमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन् । 

‘संसद् विघटनको घटनामा कांग्रेसले एक ढिक्का भएर विरोधका आवाज राख्नुपर्छ,’ उनले भने, ‘संसद् विघटन असंवैधानिक छ भनेर कांग्रेसले भनिसकेको छ । कांग्रेसले खुलेर भन्नुपर्छ, मोही माग्ने ढुङ्ग्रो लुकाउने गर्न हुँदैन । प्रतिनिधिसभाको पुनर्स्थापना भएर मात्रै लोकतन्त्र र संविधान सही गतिमा आउँछ ।’ 

सो क्रममा प्रतिनिधिसभाका सांसद पाँच वर्षका लागि चुनिएको बताउँदै उनले प्रतिनिधिसभाको म्याद पाँच वर्ष हुनुपर्ने बताए ।पौडेलले भने, ‘प्रतिनिधिसभा पुनर्स्थापन भएपछि मात्रै कांग्रेसको मन्तव्य र गन्तव्य प्रष्ट हुन्छ । कांग्रेसको मन्तव्य यो कार्य अवैधानिक हो भनेर भन्ने र गन्तव्य भनेको वैधानिक बनाउने नै हो ।’

यस्तै, सर्वोच्चमा दायर रिटबारे सुनुवाइँका भइरहेका बेला वरिष्ठ नेता पौडेलले सर्वोच्च अदालतबाट संसद् पुनर्स्थापना हुने विश्वास व्यक्त गरे । ‘सर्वोच्च अदालतले न्यायका पक्षमा फैसला गर्ने हुनाले कांग्रेस निर्णायक सङ्घर्षमा पुगेको छैन, हामी निर्णायक सङ्घर्षमा पुग्न नपरोस्,’ उनले भने, ‘अदालतप्रति आशा र विश्वास छ ।’

लोकतन्त्रको सिद्धान्तमाथि पटकपटक आक्रमण भइरहेको चर्चा गर्दै उनले नेताहरुको महत्वाकांक्षका कारण संसद् भंग हुने गरेको इतिहास रहेको दाबी गरे ।


कस्तो लाग्यो ?

यो पनि