बैशाख ३१, २०८१, सोमबार
               

‘मांशाहारी आन्दोलन’ अभिव्यक्तिप्रति ओलीको प्रश्न: भन्नुको अर्थ चिकन चिल्ली ?

नेपाल फ्ल्यास
माघ १९, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रचण्ड-माधव समूहले हिंसात्मक आन्दोलन गर्न खोजेको बताएका छन् ।

केही दिनअघि प्रचण्डद्वारा अभिव्यक्त ‘अब शाकाहारी आन्दोलन गरेर काम छैन’ लाई जोड्दै सिराहामा भएको एक कार्यक्रममा उनले सो कुरा बताएका हुन् । 

प्रचण्डले ४ माघमा आफू निकट विद्यार्थीहरुको भेलालाई सम्बोधन गर्दै शाकाहारी आन्दोलनले मात्र पुग्ने देखिँदैन, आक्रामक हुनुपर्‍यो’ भनेका थिए । 

‘भन्नुको मतलब मांसाहारी । मंसाहारी भन्नुको चिकेन चिल्ली खान खोजेको पक्कै होइन होला । उहाँले त आदमखोर आन्दोलन गर्न खोज्नुभएको हो । मान्छे मार्ने आन्दोलन गर्न खोज्नुभएको हो,’ ओलीले भने, ‘म उहाँलाई भन्न चाहन्छु अबको नेपालमा त्यस्तो आन्दोलन सम्भव छैन । कुनै धृष्टता नगर्नुहोला । हिजोको जमाना अब होइन ।’

प्रचण्डले हिजो धेरै युवालाई सपना देखाएर लडाइँको मैदानमा उतारेको बताउँदै उनले अब कोही नअल्मलिने बताए । ‘हिजो केपी ओली प्रधानमन्त्री थिएनन् । झुक्याउन सफल हुनुभयो होला ।’

धेरै युवालाई सुन्दर सपना देखाएर लडाइँको मैदानमा सफल हुनुभएको होला,’ उनले भने, ‘तर, अब कोही अलमलिनेवाला छैनन् ।’ नयाँ जनादेशबाट सरकार बन्नुपर्ने बताउँदै उनले प्रदेश २ मा पहिलो चरणमै निर्वाचन हुने बताए ।


कस्तो लाग्यो ?

यो पनि