बैशाख २५, २०८१, मंगलबार
               

बागमती प्रदेश सभामुखले प्रणालीको धज्जी उडाएको नेतृ शाक्यको आरोप

नेपाल फ्ल्यास
माघ १९, २०७७

ADVERTISEMENT

काठमाडौं । दाहाल-नेपाल समूह (नेकापा) की नेतृ तथा  बाग्मती प्रदेश संसदीय दलकी नेतृ अष्टलक्ष्मी शाक्यले सभामुख सानुकुमार श्रेष्ठले सिस्टमको धज्जी उडाएको बताएकी छन् । 

सोमबारका लागि बोलाइएको बैठक आइतबार नै सूचना टाँसेर स्थगित गरेको बताउँदै उनले सोमबार सो कुरा बताएकी हुन् । नेतृ शाक्यले श्रेष्ठले अल्पमतमा रहेको सरकारलाई सहयोग पुर्‍याएर उसैको लाचार छाँया बनेको पनि बताइन् ।

प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको अवस्थामा सो विषय टुङ्ग्यानतर्फ लाग्नुको सट्टा बैठक स्थगित गरेर जिम्मेवारीबाट पन्छिएरको बताइन् । ‘बैठक स्थगित गरेको र स्वेच्छाचारी ढङ्गबाट अलोकतान्त्रिक काम गरेकाले यसको घोर विरोध गर्न आवश्यक छ ।’ 

त्यस्तै, उनले सभामुखले कुनै दल र प्रदेशसभा सदस्यको मान्यता नराखेको बताइन् । ‘भेट्न खोज्दासमेत भेट्न नमानेकोमा दुख लागेको छ,’ सभामुख श्रेष्ठलाई आफूले गरेको गल्ती सच्याएर तुरुन्त बैठक डाक्न समेत नेत्री शाक्यले आग्रह गरिन् ।

सभामुखले बैठक स्थगित गरेपछि प्रचण्ड-नेपाल समूह हेटौँडास्थित प्रदेशसभा सचिवालय परिसरमा बैठकको माग गर्दै  नाराबाजी भएको छ । 

यो पनि