बैशाख ३१, २०८१, सोमबार
               

कांग्रेस महाधिवेशनमा जुटेको नेतृ संग्रौलाको भनाइ

नेपाल फ्ल्यास
माघ १९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल महिला संघकी पूर्वअध्यक्ष एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य डा.डिला संग्रौलाले महिलाले आफ्नो भूमिका खोज्नु पर्ने बेला आएको बताएकी छन् ।

दाङमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सो कुरा बताएकी हुन् ।सो क्रममा उनले मुलुकको परिवर्तनमा महिलाको भूमिका अहम् रहेको पनि बताइन् । 

त्यसैगरी, उनले नेपाली कांग्रेस १४औँ  महाधिवेशनमा जुटिसकेको बताएकी छिन् ।

संसद् पनर्स्थापनका लागि भन्दै सर्वोच्चमा परेका रिटको सुनुवाइ भइरहेको, र कांग्रेसले पनि संसद् पुनर्स्थापना वा निर्वाचन भनी ठोस निर्णय लिन नसकिरहेका बेला संग्रौलाबाट सो अभिव्यक्ति आएको हो । 

‘पार्टीलाई थप ऊर्जाशील बनाउन र संगठित गर्न केन्द्रदेखि वडासम्म सबै सक्रियतापूर्वक लाग्नुपर्छ,’नेतृ संग्रौलाले भनिन् । 

संविधानको सर्वोच्चता र पार्टीकोे वैधतालाई बचाउनु कांग्रेसको अहिलेको प्रमुख कार्य भएकाले महाधिवेशनको तयारीमा जुटेको उनको भनाइ छ ।
कांग्रेस वरिष्ठ नेता संसद् पनर्स्थापनाको पक्षमा देखिन्छन् । तर, सभापति देउवा भने संसद् पुनर्स्थापनाभन्दा पनि चुनावको पक्षमा देखिँदै आएका छन् ।

चुनाव भए प्रधानमन्त्री वा सत्ता साझेदार हुने मनासयका कारण पनि उनी मौन झै बसेका छन् । र, भन्दै आएका छन्, ‘हामी अदालतको आदेश मान्न तयार छौँ ।’ 


कस्तो लाग्यो ?

यो पनि