बैशाख ३१, २०८१, सोमबार
               

तोकिएकै समयमा निर्वाचन हुन्छ: ओली

नेपाल फ्ल्यास
माघ १९, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा हुने भनिएको चुनाव एक दिन पनि पर नसरी तोकिएकै दिनमा हुने बताएका छन् । 

ओलीले तोकिएको समयमा चुनाव गराउँदैनन् भनी आलोचना भइरहेका बेला सोमबार ढल्केबरमा विद्युत सवस्टेसनको उद्घाटन गर्ने क्रममा उनले सो कुरा बताएका हुन् । 

‘वैशाख १७ गते शुक्रबार  र २७ गते चुनाव हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरु तयार हुनूस्, एक दिन पनि फरक सर्दैन ।’

सो क्रममा दाहाल-नेपाल पक्षतर्फ इंगित गर्दै कोही पक्ष चुनाव नगराउन भन्दै निर्वाचन आयोग पुगेको बताए । उनले भने, ‘निर्वाचन आयोगको काम चुनाव नगराउने होइन, गराउने हो । निर्वाचन आयोगले गराउनुपर्छ र गराउँछ ।’


कस्तो लाग्यो ?

यो पनि