बैशाख ३१, २०८१, सोमबार
               

पार्टीको आधिकारिकता दाबी गर्ने प्रचण्ड–माधव समूह (नेकपा)को निर्णय

नेपाल फ्ल्यास
माघ १९, २०७७

ADVERTISEMENT

काठमाडौं । निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने प्रचण्ड–माधव समूह (नेकपा) ले निर्णय गरेको छ ।

नेकपा दुई धारमा विभाजित भई आफू नै आधिकारिकता भएको भनी दुवै समूहले सूर्य चिन्ह दाबी गरिरहेका बेला दाहाल-नेपाल समूहको सोमबार बबरमहलस्थित एक पार्टी प्यालेसमा बसेको बैठकले सो निर्णय गरेको हो ।

यसअघि दुवै समूहले दुवै समूहले राजनजीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार त्यही विवरण अध्यावधिक गर्न आयोगलाई पत्र लेखेका थिए ।

तर ११ माघमा बसेको निर्वाचन आयोगको बैठकले दुवै पक्षका दाबी अस्वीकार गर्ने निर्णय गर्‍यो । आयोगले पार्टी एकतापछि २३ जेठ २०७५ मा बुझाएको ४४१ केन्द्रीय सदस्य तथा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्षलाई मान्यता दियो ।

त्यसपछि २५ प्रतिशत केन्द्रीय सदस्यको मागअनुसार बैठक बसेको र ४४१ को दुई तिहाइ सहभागी भएको प्रचण्ड माधव समूहको दाबी छ । बैठकले त्यसको लिखित जवाफसहित आयोगमा जाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए ।

उनले भने, ‘कहिले जाने भन्ने निर्वाचन आयोगको जिम्मा दिइएका साथीहरुले निर्णय गर्नुहुन्छ ।’

केन्द्रीय कमिटीको बैठकले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाटै र विष्णु पौडेललाई महासचिवबाट समेत हटाउने स्थायी कमिटीको निर्णय पनि अनुमोदन गरेको छ ।

दाहाल नेपालका अध्यक्ष दाहालले सूर्य चिन्ह आफूले पाउनुपर्ने भनी दाबी गरेपश्चात् नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले कहिल्यै सूर्य चिन्हबाट चुनाव नलडेका मान्छेलाई चुनाव चिन्ह चाहियो अरे भनी कटाक्ष गर्दै आएका छन् ।

पुस ५ मा संसद् विघटनपश्चात् दुवै पक्षले आफूलाई आधिकारिक बताउँदै आएका छन्।


कस्तो लाग्यो ?

यो पनि