बैशाख ३१, २०८१, सोमबार
               

सम्झिए ओलीले मोक्तानको ‘म त हिँड्छु मेरै बाटो, खुट्टा तान्दै गर्’ गीत

नेपाल फ्ल्यास
माघ १९, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू विकासको बाटोमा हिँडेको बताएका छन् । 

सोमबार नेपाल विद्युत् प्राधिकरण ढल्केबर सबस्टेसनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गायिका कुन्ती मोक्तानको गीत ‘म त हिँड्छु मेरै बाटो, खुट्टा तान्दै गर्’ स्मरण गर्दै उनले सो कुरा बताएका हुन् । उनले भने, ‘अहिलेको सरकारको काम विकास गर्ने हो । विकासमा लाग्या छ । पार्टीभित्रै बसेर सरकारको खुट्टा तान्नेहरु केही थिए । म त हिँड्छु मेरै बाटो, खुट्टा तान्दै गर ।’

प्रधानमन्त्री ओलीले आफू देश बनाउने संकल्पमा लगातार अघि बढीरहने बताए ।  प्रचण्ड–नेपालहरुले छाडेर गएपछि पार्टीमा गति पैदा भएको उनले जिकिर गरे ।

आफूले पर्खनुस् भन्दाभन्दै पनि उनीहरुले छाडेर गएको भन्दै बताउँदै उनले मर्ने बेला कमिलाको प्वाँख आएजस्तै उनीहरुको अवस्था हुने बताए । 

उनले भने, ‘उनीहरुले पार्टी किन छाडे, पार्टीत्रि यति उपद्रो गर्दा पनि फेरि पनि कारबाही गरेको छैन । मसँग सकिँदैन भन्ने लागेर छाडेर गएछन् ।’

पुस ५ मा संसद् विघटनपश्चात् प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध माधवकुमार नेपाल, झलनाथ खनाल, प्रचण्डलगायत औपचारिक रुपमा विरोध प्रदर्शनमा उत्रिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि