बैशाख २८, २०८१, शुक्रबार
               

दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु

नेपाल फ्ल्यास
माघ १९, २०७७

ADVERTISEMENT

नेकपा प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक बबरमहलको एक पार्टी प्यालेसमा सुरु भएको छ ।

केन्द्रीय कमिटी बैठकअघि यो समूहको स्थायी कमिटी बैठक बसेको थियो । स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकका लागि एजेण्डा तय गरेको थियो ।

यसअघि यो समूहको बैठक पुस ७ देखि ९ गतेसम्म बसेको थियो । उक्त बैठकले केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाए र नेपाललाई अध्यक्ष चयन गरेको थियो ।

दाहाल–नेपाल समूह प्रतिनिधिसभा विघटनको विरुद्ध तेस्रो चरणको आन्दोलनमा छ । माघ १५ देखि १८ सम्म बुटवल, विराटनगर र धनगढीमा यो समूहले विरोध पर्दशन गरिसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि