बैशाख २८, २०८१, शुक्रबार
               

नुवाकोटमा नेकपाको दुई समूहबीच झडप : उपप्रधानमन्त्री पोखरेलको गाडी तोडफोड

नेपाल फ्ल्यास
माघ १९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपाको ओली पक्ष र प्रचण्ड-माधव समूहबीच नुवाकोटमा झडप भएको छ । 

ओली समूहका नेता ईश्वर पोखरेल र टोबबहादुर रायमाझीको गाडी तोडफोड भएको छ ।

नुवाकोटको सदमुकाम विदुरस्थित बटारमा आज ओली समूहको कार्यक्रम थियो । उपप्रधानमन्त्री पोखरेल र रायमाझी सम्बोधनका लागि त्यहाँ पुगेका थिए ।

काठमाडौंबाट पुगेका नेताहरूलाई प्रचण्ड र नेपाल समूहका कार्यकर्ताहरूले कालोझण्डा देखाएपछि झडप भएको स्थानीय प्रशासनले जनाएको छ । 

 

स्थितिलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । 


कस्तो लाग्यो ?

यो पनि