बैशाख २८, २०८१, शुक्रबार
               

प्रदर्शनमा सहभागी हुन कांग्रेस भातृ संगठनहरुको अपिल

नेपाल फ्ल्यास
माघ १८, २०७७

ADVERTISEMENT

काठमाडौं ।नेपाली कांग्रेसका भातृ संगठनहरुले प्रतिनिधिसभा विघटनविरुद्ध हुने प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन्।

आइतबार कांग्रेस भातृ १३ संगठन संयुक्त विज्ञप्ति जारी गर्दै सो अपिल गरेका हुन् । केन्द्रीय समिति बैठकको निर्देशनअनुसार १३ वटै भातृ संस्थाको संयुक्त आयोजनामा सोमबार एकसाथ ७७ जिल्लामा प्रदर्शन हुँदै छ । 

भोलिको प्रदर्शनमा कांग्रेसका भ्रातृ संस्थाले संसद् विघटनमार्फत् सर्वसत्तावादउन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिडविरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका विषयमा सरकारी उदासिनताका मुद्दालाई अघि सारेका छन् ।

‘प्रदर्शनमा सहभागिताका लागि सबै सदस्य, समर्थक, शुभचिन्तक एवं जनसमुदायमा हार्दिक अपिल छ,’सो विज्ञप्तिमा भनिएको छ । 

यो पनि