बैशाख २८, २०८१, शुक्रबार
               

कृषि क्षेत्रमाथि वैदेशिक एकाधिकार पुँजीवाद लाद्न खोजिँदैछ : दाहाल

नेपाल फ्ल्यास
माघ १८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहालले केपी ओलीले कृषि क्षेत्रमाथि वैदेशिक एकाधिकार पुँजीवाद ल्याउन खोज्ने, विदेशी दलाललाई ल्याउन खोजेको बताएका छन् ।

आइतबार पेरिसडाँडामा अखिल नेपाल किसान महासंघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै दाहालले सो कुरा बताएका हुन् । ‘केपी ओलीको राष्ट्र विरोधी, किसान विरोधी नीति अगाडि आएको छ, त्यसलाई परास्त गर्न जरुरी छ,’ दाहालले भने ।

नेतृत्व सरकारले सबैभन्दा बढी किसान र कृषि क्षेत्रमाथि प्रहार गरेको बताएका छन् । 

‘ओलीले कृषि क्षेत्रमा विदेशी कम्पनीलाई राइँदाइँ गर्न दिएर नेपाली किसानलाई विदेश लखेट्ने खेल सुरु गरेका छन्,’ उनले भने,  ‘कृषि क्षेत्रमा विदेशी कम्पनीहरूलाई लगानी गर्न दिने, विदेशीलाई राइँदाइँ गर्न दिने र नेपाली किसानहरूलाई अझ बढी गरीब, अझ बढी असहाय बनाउने र विदेशतिर लखेट्ने खेल सुरु भएको छ । सबैभन्दा बढी किसानलाई नै हामीले यो कुरा बुझाउन जरुरी छ। र, किसानहरूलाई नै बढी आन्दोलित गर्नु जरुरी छ।’

 


कस्तो लाग्यो ?

यो पनि