बैशाख २८, २०८१, शुक्रबार
               

प्रतिनिधिसभा सचिवालयको आग्रह : प्रयोग गर्दै आएको सेवा फिर्ता गर्नूस्

नेपाल फ्ल्यास
माघ १८, २०७७

ADVERTISEMENT

काठमाडौं । संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका १० विषयगत समितिका सभापतिले प्रयोग गर्दै आएको सेवा सुविधा फिर्ता गर्न अनुरोध गरेको छ । 

सचिवालयले प्रतिनिधिसभा विघटन भएसँगै विषयगत समिति स्वत: विघटन भएको बताउँदै आइतबार एक विज्ञप्तिमार्फत् सो आग्रह गरेको हो । 

प्रतिनिधिसभा विघटनसँगै प्रतिनिधिसभाका सदस्य (सांसद) हरुको सांसदको हैसियतले सरकारले उपलब्ध गराउँदै आएका सेवा सुविधा पनि खोसिएका छन् ।

तर, प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिका सभापतिमध्ये नौ सभापतिले अझै सेवा उपभोग गरिरहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि